मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
मुगुकाे सोरू गाउँपालिकामा पर्ने सीप गाउँनजिकै पुग्ने कच्चीसडककाे फाइल तस्बिर । यही स्थानमा साेमबार जिप दुर्घटना भएकाे हाे । तस्बिर साैजन्य : कविराज कार्की ।
२०८० श्रावण २९ सोमबार २०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा जिप दुर्घटना, तीनको मृत्यु, ६ घाइते

Read Time : < 1 मिनेट
२०८० श्रावण २९ सोमबार २०:१८:००

मुगु जिल्लाको उतरी सोरू गाउँपालिकामा पर्ने सीप गाउँनजिकै आज दिउँसो २ बजे जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको खबर ढिलो गरी प्राप्त भएको छ। 

सोरू गाउँपालिकाको सोरूकोटबाट गमगढी बजार आउँदै गरेको ज. १च ७७७२ नम्बरको जिप सोरू गाउँपालिका– ७ चिप्लेगौँडा भिरमा दुर्घटना भएको हो। 

जिपमा सवार नौमध्ये बाँकी सबै ६ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ। यो समाचार तयार पार्दासम्म मृतक र घाइतेको पहिचान भएको छैन। 

अहिले रेडक्रस सोसाइटी मुगुको एम्बुलेन्स, जिल्ला अस्पताल मुगुको एम्बुलेन्ससहित प्रहरी टोली दुर्घटनास्थल गइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।