
तिजको अवसरमा गायिका प्रिया सारू मगरको ‘माइतीको झल्को’ बोलको गीत सार्वजनिक भएको छ।
प्रयास कुँवर मगरको शब्द तथा संगीत रहेको यस तिज गीतको भिडियोमा लेखिना राई र स्मृति पुनले कम्मर मर्काएका छन्। सुजन श्रेष्ठको छायांकन, राजकुमार मगरको सम्पादन, अमोन रानाको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई नरेन्द्र पुनले निर्देशन गरेका हुन्।