१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २८ आइतबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा निउरो टिप्न गएका बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १६:१६:oo

दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन्। बिगु गाउँपालिका– ७ का राखम गाउँका अन्दाजी ३५ वर्षीय  निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छोरा पासाङ शेर्पा पहिरोमा पुरिएर बेपत्ता भएका हुन्। 

बिगु गाउँपालिकाका– ७ का अध्यक्ष दलबहादुर श्रेष्ठका अनुसार  आइतबार तिनपाटेनजिकैको जंगलस्थित ठाडो खोलामा निउरो टिप्न गएका बाबुछोरालाई माथिबाट खसेको पहिरोले पुरेको हो।

खोलाकिनारमा निउरो टिप्ने क्रममा एक्कासि माथिबाट खसेको पहिरो र खोलामा एक्कासि आएको बाढीले बगाएको बिगु– ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिएका छन्।

बेपत्ता भएका निम्दोर्जेको थोरै निउरोसहितको कालो झोला पहिरोले सोरिएकै ठाउँमा भेटिएको र त्यसभन्दा केही तल एकथान गम्बुट भेटिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

वडाध्यक्ष श्रेष्ठका अनुसार अघिपछि सुक्खा हुने खोलामा लगातारको वर्षापछि आएको भलले बाबुछोरा बगाएको र नजिकै ठूलो खोला भएकाले सोही खोलामा मिसाएको हुन सक्ने अनुमान गरिएको छ।

निउरो टिप्न गएका तीनजनामध्ये दुईजना बेपत्ता भए पनि अर्का एकजनाले भने भागेर ज्यान जोगाएका छन्। घटना दिउँसो करिब १ बजे घटेको बताइएको छ। घटनास्थलतर्फ चिलंखामा रहेको प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।