१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईको क्युआर कोडमार्फत हुने भुक्तानी भ्वाइसमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:५५:oo

ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सुरु गरेको छ । बैंकले क्युआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलइडी डिस्प्लेसहितको सेवा ल्याएको हो । 

यो योजनासँगै बैंकका ग्राहकले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलइडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिने जनाइएको छ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने बैंकले विश्वास व्यक्त गरेको छ ।

यसबाट मर्चेन्ट–व्यापारी तथा ग्राहकलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुने बैंकको भनाइ छ । साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरतासमेत घटाउने जनाइएको छ ।  

ad
ad