शीर्ष तहमा जुटेन सहमति, साढे ३ बजे पुनः बैठक बस्ने

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

दुई सातादेखि जारी सदनको गतिरोध हटाउन बसेको शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन भएको छ। प्रमुख तीन दलका शीर्ष नेता र सचेतक सहभागी बैठकमा कुनै सहमति नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

नेताहरूबीच सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको छ। एमालेको अवरोधपछि आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ।

सुझावित समाचार