
दुई सातादेखि जारी सदनको गतिरोध हटाउन बसेको शीर्ष नेताहरूको छलफल निष्कर्षविहीन भएको छ। प्रमुख तीन दलका शीर्ष नेता र सचेतक सहभागी बैठकमा कुनै सहमति नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
नेताहरूबीच सहमति जुट्न नसक्दा १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर ४ बजेसम्मका लागि स्थगित गरिएको छ। एमालेको अवरोधपछि आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ।