मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २० शनिबार
  • Thursday, 19 December, 2024
२o८o श्रावण २० शनिबार १५:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुटवलमा गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २० शनिबार १५:१५:oo

बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको निःशुल्क भिडियो एक्सेर सेवा सुरु गरेको छ। बुटवल– ९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट उपमहानगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन्।

उनले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरू गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत २ हजार रुपैयाँ वितरण र महिलाहरूको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रमसमेत गरिरहेको उल्लेख गरे। प्रमुख पाण्डेयले उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरूलाई अझ सुविधासम्पन्न बनाउने र छिट्टै नै बुटवल– १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने जानकारी दिए।

महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रूपमा स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गरिरहेको भन्दै उनले चालू आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरूलाई दुग्धबर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरू सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी गराए।

अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरूबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सेर निःशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बताए।