१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राइम बैंकको सिइओमा मानन्धर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५६:oo

प्राइम कमर्सियल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ । मानन्धर कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा रहने बैंकले जनाएको छ । 

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यवस्थापकीय नेतृत्वमा रहेका नारायणदास मानन्धरको कार्यकाल १६ साउनमा सकिएको र सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्जीवलाई सिइओ नियुक्त गरेको हो । 

बैंकको स्थापनाकालदेखि नै महाप्रबन्धकका रूपमा कार्यरत नवनियुक्त सञ्जीवको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनले तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका बैंकले जनाएको छ । बिदाई कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकलाई नयाँ उचाइमा पु¥याउन नारायणदासको उल्लेख्य भूमिका रहेको स्मरण गरे । 

ad
ad