१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अरुण तेस्रो प्रवेशमार्ग : मुआब्जा नदिए सडक बन्द गर्ने जग्गाधनीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:२८:oo

निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृह पुखुवा जाने सडकखण्डका जग्गाधनीले मुआब्जा नदिए बन्द गर्ने चेतावनी दिएका छन् । अरुण तेस्रो प्रवेशमार्गअन्तर्गत खाँदबारी–४ को छ्याङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै जग्गाधनीहरूले सडक बन्द गर्ने चेतावनी दिएका हुन् ।

बुधबार अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिले प्रेस विज्ञप्ति जारी गदै मुआब्जा रकम तत्काल निकासा नभए १ भदौबाट प्रवेशमार्ग र पावरहाउसका काम बन्द गर्ने बताएको छ । यही २६ वैशाखमा छ्याङकुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

सो समितिले पहिलो चरणमा ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । तर, उक्त रकम हालसम्म नआएपछि विज्ञप्ति जारी गर्नुपरेको अरुण तेस्रो प्रवेशमार्ग मुआब्जापीडित संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । 

उनले स्थानीय जग्गाधनीलाई दिने भनेर निर्धारण भइसकेको मुआब्जा रकम किन रोकियो भन्ने कारण खोज्दै तत्कालै वितरण हुनुपर्ने बताए । अरुण तेस्रो आयोजनामा स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् । 

ad
ad