१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव

आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२८:oo

विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ। आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।

विराटनगर र आसपासका विद्यालयले साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिंक प्रयोग गर्न सकिनेछ। आवेदन दिएकामध्ये नाैवटा विद्यालय छनोट हुनेछन्।

विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ। पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घन्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ। नाै विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चतर्फ आकर्षित गर्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए।

‘विद्यालयले आवेदन दिएमा त्यसपछिको सम्पूर्ण प्रक्रियामा हाम्रो निःशुल्क सहयोग हुनेछ,’ क्षेत्रीले भने, ‘यो विद्यालय र विद्यार्थीकै लागि रंगमञ्च पुग्ने सुनौलो अवसर हो।’ विगतका दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा यसपटकदेखि अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए। नाै विद्यालयमध्येबाट उत्कृष्ट नाटक र उत्कृष्ट अभिनेता–अभिनेत्रीलाई अवार्डसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

ad
ad