१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भारतीय बजार जान नेपाली परिचयपत्र अनिवार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४६:oo

अबदेखि नेपालीले भारतका सीमावर्ती बजार जान अनिवार्य रूपमा परिचयपत्र बोक्नुपर्ने भएको छ । सुरक्षालाई मध्यनजर गर्दै सीमाक्षेत्र भएर आवतजावत गर्ने नेपाली वा भारतीय नागरिकले अनिवार्य रूपमा परिचयपत्र लिएर हिँड्नुपर्ने भएको हो । 

भारतीय सुरक्षाकर्मीले परिचय खुल्ने कागजात हेरेर मात्र जान दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । गौरका स्थानीय व्यापारी जितेन्द्र साहले पहिलाजस्तो परिचयपत्रविना भारत जान सुरक्षाकर्मीले रोक लगाएको बताए । 

पछिल्लो समय भारतीय सञ्चारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हँुदै भारत प्रवेश गरेर बिहार हुँदै उत्तरप्रदेशको नोयडा पुगेपछि रौतहटको सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले कडाइ गर्दै परिचयपत्र हेरेर मात्रै आवतजावत गर्न दिएको हो । मधेस प्रदेशसहित नेपालको सीमा जोडिएका सबै नाकामा एसएसबीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीसँग नागरिकता र भारतीयसँग आधार कार्ड खोज्न थालेका छन् । परिचय खुल्ने कागजात नदेखाए आवतजावत गर्नमा रोक लगाएका हुन् ।

यसअघि नेपाल–भारत सीमाक्षेत्रबाट अर्को देशमा प्रवेश गर्दा कागजात देखाउने व्यवस्था थिएन । ‘अहिले भारतीय बजार जाँदा सिमानामा रहेका एसएसबीले परिचय खुल्ने प्रमाण माग्ने गरेको छ,’ दुर्गा–भगवतीका स्थानीय पियुष राजले भने, ‘यसअघि कहिल्यै पनि यसरी परिचयपत्र चेकजाँच गरिएको थिएन । अहिले निकै कडाइ गरिएको छ ।’ परिचय खुल्ने प्रमाण नदेखाउनेलाई एसएसबीले सीमा पार गर्न दिएको छैन । 

पाकिस्तानी नागरिक सीमा हैदर १३ मेमा काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहज रूपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीले उनीबारे छानबिन गरिरहेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका डिएसपी सूर्य तिमल्सिनाले विभिन्न देशका नागरिक नेपालको बाटो हुँदै भारत जान थालेपछि सीमामा भारतीय सुरक्षाकर्मीले केही कडाइ गर्न थालेको जानकारी दिए । 

ad
ad