१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Saturday, 28 September, 2024
२o८o श्रावण १० बुधबार १७:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

काभ्रेका स्थानीय तहहरूको कुल बजेट पौने ११ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार १७:२२:oo

काभ्रे जिल्लाका स्थानीय तहहरूले आर्थिक वर्ष ०८०/८१ का लागि बजेट पारित गरिसकेका छन्। जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकाले ०८०/८१ का लागि कुल १० अर्ब ७२ करोड ७३ लाख ५१ हजार ६५९ रुपैयाँको बजेट पारित गरेका हुन्।

जिल्लाका केही पालिकाले असार १० गतेभन्दा अगाडि नै बजेट प्रस्तुत गरेका थिए भने केहीले असार १० भन्दापछि पेस गरेका थिए। १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको बजेट सबैभन्दा बढी रहेको छ भने सबैभन्दा कम तेमाल गाउँपालिकाको रहेको छ। पनौती नगरपालिकाले एक अर्ब ५० करोडको बजेट ल्याएको छ भने बनेपा नगरपालिकाको एक अर्ब ३५ करोड ४९ लाख ७२ हजारको बजेट छ। 

त्यस्तै, धुलिखेल नगरपालिकाको एक अर्ब १५ करोड १५ लाख, मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ७ करोड ९९ लाख ९८ हजार, पाँचखाल नगरपालिकाको ७९ करोड ९३ लाख ९८ हजार र नमोबुद्ध नगरपालिकाको ७२ करोड ७५ लाख ६४ हजार ८२७ को बजेट ल्याएका छन्। नगरपालिकाहरूमध्ये नमोबुद्ध नगरपालिकाको बजेट सबैभन्दा कम रहेको छ।

सात गाउँपालिकामध्ये रोसी गाउँपालिकाको बजेट सबैभन्दा बढी रहेको छ। सो गाउँपालिकाको बजेट ७४ करोड २७ लाख ६० हजार रहेको छ। त्यस्तै, बेथानचोक गाउँपालिकाको ६० करोड ६९ लाख ४० हजार ३३९, भुम्लु गाउँपालिकाको ५८ करोड ६८ लाख १८ हजार, महाभारत गाउँपालिकाको ५८ करोड ३५ लाख १७ हजार ७६६, चौरीदेउराली गाउँपालिकाको ५७ करोड ३७ लाख २३ हजार, खानीखोला गाउँपालिकाको ५१ करोड ७ लाख ६९ हजार १०२ र तेमाल गाउँपालिकाको ५० करोड ९३ लाख ९० हजार ६२५ रहेको छ।