१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकलाई लगातार दोस्रोपटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१६:oo

सिद्धार्थ बैंक लिमिटेडले लगातार दोस्रोपटक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन गोल्ड अवार्ड बैंकलाई प्रदान गरेको हो । बैंकले २०२१ मा पनि यो अवार्ड प्राप्त गरेको थियो । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई अवार्ड हस्तान्तरण गरेको जनाइएको छ । यस अवार्डले आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ । उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

हाल बैंकले देशभरमा पाँच एक्सटेन्सन काउन्टसरसहित एक सय ९६ शाखा, एक सय २३ शाखारहित बैंकिङ इकाइ र दुई सय २० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad