बुढानीलकण्ठबाट ३० लाखबराबरको धनमाल चोरी

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ बुढानीलकण्ठ गैरीगाउँमा सुन र हिराका गहनासहित ३० लाखबराबरको धनमाल चोरी भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरबाट सो चोरी भएको हो। उनको घरबाट विभिन्न सुन तथा हिराका गरगहना, रु आठ हजार पाँच सय नगद गरी करिब रु ३० लाखबराबरको धनमाल चोरी भएको हो।

प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

सुझावित समाचार