१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर
रासस पेरिस
२o८१ जेठ ३ बिहीबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

फ्रान्सको दंगामा सात सयभन्दा बढीलाई जेल सजाय

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १७:o२:oo

फ्रान्समा गत महिनाको अन्त्यमा भएकाे दंगामा सात सयभन्दा बढीलाई जेल सजाय सुनाइएको छ। मुद्दाहरूको द्रुत गतिमा सुनुवाइ भएकामा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन्।

बुधबारसम्म एक हजार दुई सय ७८ निर्णय सुनाइएकामा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका उनले आरटिएल रेडियोलाई जानकारी दिएका छन्।

न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करिब छ सयजनालाई पहिले नै जेल पठाइएको छ। देशमा शान्ति सुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प नभएको उनले बताएका छन्। सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदंगा एवं हिंसात्मक झडप भएका थिएनन्। 

गत जुन २७ मा एक प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच चार दिन चार रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो। त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारीसाधनका साथ परिचालन भएका थिए।

ad
ad