१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Friday, 09 May, 2025
२o८o असार ३१ आइतबार १८:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आज रातिदेखि इन्धनमा स्वचालित प्रणाली लागू हुने, डिजेल-पेट्रोल र ग्यासकाे मूल्य घट्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार १८:११:oo

आज राति १२ बजेबाट डिजेल पेट्रोलमा स्वचालित मूल्य लागू हुने भएको छ। नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू गर्ने निर्णय गरेको हो।

यसअघि पनि स्वचालित मूल्य लागू भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। तर, आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। हवाई इन्धनको मूल्य समितिको निर्णयअनुसार हुने निगमका महाप्रबन्धक उमेश थानीले जानकारी दिए।

त्यस्तै, निगमले एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। पेट्रोलमा ६ रुपैयाँ  र डिजेलमा ४ रुपैयाँ घटाएको छ।