१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३१ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८o असार ३१ आइतबार ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कसैले धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन : मन्त्री ज्वाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o असार ३१ आइतबार ११:३९:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्तागठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन्। आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे। प्रतिगमनविरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे। 

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले ढलोस् भनेर  चाहँदैमा, धुपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउन्ड छ। प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन्। जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा छन्। यो ढलेर फाइदा पाइहाल्छाैँ कि भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन।’

मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए।