१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

६ राजदूत सिफारिस, कहाँ को ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२४:oo

कहाँ को ?
१. संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्क : लोकबहादुर थापा
२. राष्ट्रसंघीय नियोग जेनेभा : रामप्रसाद सुवेदी
३. फ्रान्स : सुधीर भट्टराई
४. थाइल्यान्ड : धनबहादुर ओली
५. युएई : तेजबहादुर क्षेत्री
६. कुवेत : घनश्याम लम्साल
७. क्यानडा : रिक्त

सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । 

उच्च सरकारी स्रोतका अनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस भएको छ । हाल उत्तरपूर्वी एसिया महाशाखा प्रमुख रहेका थापासँग राष्ट्रसंघीय मामिलामा काम गरेको अनुभव भने छैन । उनी यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए । 

राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका सुवेदी हाल परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख छन् । 

हाल प्रमुख शिष्टाचार महापाल रहेका सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् । सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुंगाना स्वदेश फर्किसकेका छन् । 

हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् । 

ad
ad