१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मनाङमा काठेपुल भाँचिएपछि बेँसीसहर-चामे सडक बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:o१:oo

हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक बेँसीसहर–चामे सडक बन्द भएको छ ।

सडक खण्डअन्तर्गत मनाङ खण्डमा दुईवटा खोलामा राखिएको काठेपुल भाँचिएपछि मर्मतका लागि सडक बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय मनाङले सार्वजनिक सूचना प्रकाशित गर्दै काठेपुल भाँचिएको र सो स्थानमा वैकल्पिक सडक नभएकाले तत्कालै अर्काे काठेपुल निर्माण गर्न बिहीबार बिहान १० बजेदेखि शुक्रबार बेलुका ५ बजेसम्म सडक बन्द गरी नयाँ काठेपुल निर्माण गर्न लागिएको जानकारी दिएको छ । 

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका योजना प्रमुख रवीन्द्रलाल दासका अनुसार मनाङको चामे गाउँपालिका– १ स्थित तिमाङ पावरहाउस खोला र वडा नम्बर ३ स्थित स्यार्कु खोलाको काठेपुल भाँचिएकोले मर्मतका लागि सडक बन्द गरिएको हो ।

ad
ad