१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तस्बिर : गेटी इमेजेज
रासस बर्लिन
२o८१ जेठ २ बुधबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

‘एसिया–प्रशान्त क्षेत्रमा नेटोको विस्तार घातक’

Read Time : < 1 मिनेट
रासस, बर्लिन
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१६:oo

एक जर्मन सांसदले संयुक्त राज्य अमेरिकाको पूर्ण नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को एसिया–प्रशान्त क्षेत्रमा हुन लागेको विस्तारलाई ‘घातक’ भनेकी छिन्।

जापानमा नाटोको सम्पर्क कार्यालय खोल्ने योजनाप्रति टिप्पणी गर्दै जर्मनीको तल्लो सदनकी सदस्य सेभिम डग्डेलेनले अमेरिकी नेतृत्वमा नेटोले विश्वव्यापी प्रभुत्व जमाउन खोजेको बताइन्। उनले नेटोलाई अमेरिकी सुरक्षा र सैन्य नीतिको प्रमुख औजारको संज्ञा दिइन्।

‘लिथुआनियाको भिल्नियसमा सुरु नेटो शिखर सम्मेलनले युक्रेनलाई गठबन्धन नजिक ल्याउनेछ,’ मंगलबारदेखि सुरु शिखर सम्मेलनअघि महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका थिए। नेटोले आफ्नो हितलाई अझ राम्रोसँग जोड्न युरोपेली संघसँग भएको घनिष्ठ सैन्य र सुरक्षा एकीकरणलाई प्रवर्द्धन गर्न एसियाका सहयोगीहरूमा बढी ध्यान दिने सांसद डग्डेलेनले बताइन्।

एसिया–प्रशान्त क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्रमा समावेश गर्ने नेटोको चाहना ‘घातक विस्तार नीति’को हिस्सा भएको उनले थपिन्।

ad
ad