मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार २५ सोमबार ०८:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्मार्ट क्युआर र नेपाल पे क्युआरबीच अन्तरआबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार २५ सोमबार ०८:१७:००

 नेपाल पे क्युआर र स्मार्ट क्युआरबीच क्युआर भुक्तानीका लागि नेटवर्क लेभलको अन्तरआबद्धता सुरु भएको छ । नेपाल पे क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ, वालेट तथा कनेक्ट आइपिएसका प्रयोगकर्ताले स्मार्ट क्युआरको मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो । 

त्यसैगरी, स्मार्ट क्युआरमा आबद्ध भएका मोबाइल बैंकिङ र वालेटका प्रयोगकर्ताले नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाइएको छ । स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानलगायत बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिको उपस्थितिमा यी सेवाहरू सुरु भएको घोषणा गरिएको थियो ।

एनसिएचएल र एससिटीको क्युआर नेटवर्कबीच क्युआर भुक्तानीलाई समर्थन र प्रवद्र्धन गर्न नेटवर्क लेभलको अन्तरआबद्धता भएको कम्पनीले जनाएको छ । यस अन्तरआबद्धतापश्चात् ग्राहक र मर्चेन्टहरूले भुक्तानीका लागि निश्चित क्युआर खोजिराख्नुनपर्ने र दुवै नेटवर्कका इस्युइङ एप र मर्चेन्ट क्युआरले काम गर्ने उल्लेख छ । 

दुवै नेपाल पे क्युआर र स्मार्ट क्युआरको क्युआर भुक्तानी हाल माच्छापुच्छ्रे बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, आइसिएफसी फाइनान्स, आइएमई पे खल्ती, प्रभु पे, हाम्रो पे, सेल पे, एनक्यास, आइक्यास, पेवेललगायतका वालेट तथा कनेक्ट आइपिएसबाट स्क्यान गरी भुक्तानी गर्न सकिने जनाइएको छ । साथै, अन्य बैंक तथा वित्तीय संस्था र वालेटहरू पनि चाँडै थपिने उल्लेख छ ।