१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पाको त्रिपुराकोटमा फोरजी इन्टरनेट सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:o६:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा सुरु भएको छ। लामो समयदेखि निर्माणाधीन नेपाल टेलिकमको टावरबाट फोन सेवासँगै उच्च गतिको फोरजी इन्टरनेट सेवा सुरु भएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ।

जिल्लाका जनप्रतिनिधिलगायत सरोकारवालाको प्रयासले कुनै बेला फोनसम्म नलाग्ने ठाउँमा इन्टरनेटसहितको फोन सेवा लिन पाउँदा नगरबासी खुसी भएका छन्। नगरपालिकाका केही स्थानबाहेक अन्य सबै ठाउँमा फोन तथा इन्टरनेटले राम्रो काम गरेको नगर प्रमुख जनचन्द्र रोकायको भनाइ छ।

टेलिफोन सेवा भरपर्दो भएकाले घरबाटै सुतीसुती कुरा गर्न पाइएको त्रिपुराकोटवासीले प्रतिक्रिया दिएका छन्। यद्यपि, फोरजी इन्टरनेट भने सबैखाले मोबाइल फोनमा चलेको छैन। 

नेपाल टेलिकम बबरमहल कार्यालयका उपप्रबन्धक प्रेम क्षेत्रीका अनुसार सबै खाले मोबाइलमा फोरजी इन्टरनेट चल्न मिल्ने बनाउन एउटा डिभाइस थप्नुपर्ने र त्यसका लागि भरपर्दो विद्युत् चाहिन्छ। स्थानीय सरकारले विद्युतको व्यवस्था गरे नेपाल टेलिकमले डिभाइस थपिदिने उनको भनाइ छ।

ad
ad