१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फ्रेन्सिस विल्किन्सन
२o८१ बैशाख १९ बुधबार १o:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाको विवादित ‘समानता’

Read Time : > 2 मिनेट
फ्रेन्सिस विल्किन्सन
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५o:oo

अमेरिकाले दुई सय ४७औँ स्वतन्त्रता दिवस मनाउँदै गर्दा त्यहाँको सर्वोच्च अदालतले विश्वविद्यालय भर्ना प्रक्रियामा पिछडिएका जातिलाई दिँदै आएको सुविधालाई खारेज गरिदिएको छ । धेरै अमेरिकी विश्वविद्यालयले विद्यार्थीको विविधतालाई प्रवद्र्धन गर्न मात्र नभई अमेरिकामा मौजुदा असमानतालाई सम्बोधन गर्न पनि सकारात्मक विभेदको पहल लागू गर्दै आएका थिए । रिपब्लिकन पार्टीको विचार बोक्ने न्यायाधीशको बहुमत भएको अदालतले सकारात्मक विभेदको आरक्षणले संविधानको समानता संरक्षण खण्डको उल्लंघन गरेको फैसला सुनाएको छ अर्थात् अदालतले अधिक समानताका नाममा न्यायलाई कमजोर बनाएको छ । 

अमेरिकामा समानता जहिले पनि विवादास्पद अवधारणा रहेको छ । अमेरिकाका संस्थापक पितामध्येका एक र अमेरिकाका तेस्रा राष्ट्रपति थोमस जेफरसनले स्वतन्त्रताको घोषणापत्रमा ‘सबै मानिस समान रूपमा सृष्टि गरिएका हुन्’ लेख्ने दुस्साहस गरेका थिए, जब कि जेफरसन आफैँ एक दास मालिक थिए । 

स्ट्यानफोर्ड विश्वविद्यालका इतिहासकार ज्याक राकोभले जेफरसनले भन्ने गरेको ‘सबै मानिस’लाई मात्रै अर्थात् उपनिवेशवादीलाई स्व–शासनको अधिकार थियो, जुन अन्य मानिसका लागि थिएन । तर, सन् १७७६ मा स्वशासन नै संकुचित हुने अवस्थामा ‘समानता’को अवधारणा स्वभावतः संकुचित थिएन । स्वतन्त्रताको क्रान्तिअघि अमेरिकीले ‘समानता’लाई सीमित बुझाइसाथ प्रयोग गरेका थिए, अर्थात् समानतालाई ईश्वरीय शक्तिको उत्तराधिकारीका रूपमा पेस गर्ने राजा र तिनका सेनाबाट मुक्ति पाउन मात्रै प्रयोग गरिएको थियो । बेलायती शासन हटेपछि र स्वतन्त्रता प्राप्त गरेको एक दशकपछि समानता शब्दको महत्व घटेको देखिन्थ्यो, किनभने समानता शब्दले दासत्वको संस्थाले दागिएको अमेरिकी संविधानमा स्थान पाउन सकेन ।

अमेरिकी इतिहासको ठूलो हिस्सालाई समानताको बढ्दो आह्वान र नश्लीय हैसियतसहितको पदानुक्रमलाई जोगाउने प्रयासबीचको संघर्षका रूपमा हेर्न सकिन्छ । यो गतिशीलताले आजको राजनीतिलाई पनि आकार दिइरहेको छ । ‘मेक अमेरिका ग्रेट अगेन’ (अमेरिकालाई फेरि महान् बनाऊँ) भन्ने नाराले प्रायः आफूलाई जान्नेसुन्ने प्राज्ञ, वैज्ञानिक, सांस्कृतिक नेता भन्न रुचाउने र कस्मोपोलिटन (ठूला महानगर) सहरमा बसोवास गर्ने धनी उदारवादी कुलीन वर्गको विरोध गर्ने लोकप्रियतावादी आन्दोलनको प्रतिनिधित्व गर्छ र पुरातनपन्थी मतलाई प्रोत्साहन गर्छ ।

सतहमा हेर्दा कुलीनको विरोध गरेको देखिए पनि मेक अमेरिका ग्रेट अगेनको राजनीतिले हैसियतको पदानुक्रमकै रक्षा गर्छ । यो राजनीतिको निष्ठा विशेषाधिकारको एक जटिल जालोमा निहित छ, जसले ककेसियनलाई (युरोपेली मूलका गोरा) अन्य जातीय समूहभन्दा, पुरुषलाई महिलाभन्दा, विपरीत लिंगीप्रति आकर्षित हुने मानिसलाई यौनिक एवं लैंगिक अल्पसंख्यकभन्दा पुख्र्यौली अमेरिकीलाई आप्रवासीभन्दा, धनीलाई गरिबभन्दा, ग्रामीण समुदायलाई सहरी क्षेत्रभन्दा, इसाईलाई अन्य धर्मभन्दा श्रेष्ठ हुन्छन् भन्ने मान्यता राख्छ ।

मुख्य कुरो यो राजनीतिले पुरातनपन्थीलाई सर्वोच्च स्थानमा राख्छ । अमेरिकाभरि रिपब्लिकन पार्टीका सदस्य (मेक अमेरिका ग्रेट अगेन राजनीति गर्ने पार्टीका सदस्य) उल्लिखित पदानुक्रमलाई स्थायी गर्ने नीतिको समर्थनका लागि परिचित छन् । यी नीतिमा गरिब अभिभावकले दुःख गर्नुपर्ने तर धनीलाई कर कटौती, महिलाको स्वायत्ततालाई कमजोर पार्ने गर्भपतन प्रतिबन्ध लागू गर्ने र लैंगिक एवं यौनिक अल्पसंख्यकलाई आक्रमण गर्नेलगायत नीति समावेश छन् । सर्वोच्च अदालतमा सकारात्मक विभेदविरुद्धको पुरातनपन्थी लडाइँ अहिलेलाई भने विश्वविद्यालयमा पिछडिएका जातिलाई दिइने भर्ना सुविधा कटौतीमा गएर टुंगिएको छ । विरासत र दानमा दिइने भर्ना सुविधामा यी पुरातनपन्थीले खासै आपत्ति जनाएका छैनन् । 

विश्वविद्यालयको भर्नामा हुने सकारात्मक विभेदलाई खारेज गरेर अदालतले अधिक समानताका नाममा न्यायलाई कमजोर बनाएको छ

नोभेम्बर १८६३ मा अब्राहम लिंकनले गेटिसबर्गमा गरेको एक महत्वपूर्ण भाषणको पहिलो पंक्तिमा ‘सबै मानिस समान रूपमा सृष्टि गरिएका हुन्’ स्वतन्त्रताको घोषणापत्रको पंक्तिलाई उद्धृत गरेका थिए । सन् १९९२ मा प्रकाशित ‘लिंकन एट गेटिसबर्ग’मा ग्यारी विल्स लिंकनको भनाइ असल अभिप्रायको थियो भनेर लेख्छन् । उसो त स्वतन्त्रताको घोषणापत्रको पंक्तिलाई अमेरिकाका गोरा नश्लभेदी कुलीनका अपराध छोप्न प्रयोग गरिन्छ, तर विल्सका अनुसार लिंकनले सो पंक्ति प्रयोग गर्दा उनी मुलुकमा भइरहेको नश्लीय पूर्वाग्रहविरुद्ध खरो रूपमा लागेका थिए ।

वास्तवमा पूजनीय मानिएको स्वतन्त्रताको घोषणापत्र राजतन्त्रविरोधी छ भन्ने आमधारणाका कारण स्वतन्त्रताको घोषणापत्रले चुनौती व्यहोर्नुपरेको थिएन । किनभने, सो घोषणापत्रले विल्सका अनुसार अमेरिकीलाई राजतन्त्रभन्दा दासत्व नै ठिक थियो भन्ने पारिदिएको थियो । गेटिसबर्गमा गहिरो जरा गाडेका पूर्वाग्रहको सामना गर्ने योजनासहित लिंकनले अमेरिकी गृहयुद्धपछिको युगका लागि आधारशिला स्थापना गरेका थिए । तर, यो प्रयास असफल भयो । समानताका लागि अमेरिकाले एक शताब्दीको समय कुर्नुपर्‍यो । 

लिंकन स्वतन्त्रताको घोषणापत्रमा उल्लिखित ‘समानता’को अर्थमा परिवर्तन ल्याउनमा थोरबहुत सफल भएका थिए । यो परिवर्तनले अमेरिकामा ‘समानता’को अर्थ खोज्ने मामिलामा नैतिक बहस छेडिदिएको थियो । धेरै अमेरिकीले अब ‘सबै मानिस समान रूपमा सृष्टि गरिएका हुन्’ भन्ने उक्तिलाई एक उत्कृष्ट अमेरिकी तथ्यका रूपमा ग्रहण गर्छन् । तर, यदि सबैको सृष्टि समान हो भने कोही किन चरम अभावसाथ जन्मियो र कसैले किन अपार विशेषाधिकार पायो ?

समानताका लागि कसले विशेषाधिकार त्याग्नुपर्छ र अहिले कसले अग्राधिकार पाउनुपर्छ ? सकारात्मक विभेद भनेकै यही समानताका लागि थियो र त्यसैगरी अदालती निर्णयमा पनि समानता नै उद्धृत गरिएको थियो । अहिले सन् २०२३ मा पनि अमेरिकी राजनीतिको केन्द्रमा विशेषाधिकार रहेको छ । प्रतिक्रियावाद अहिले पनि जीवित छ । सन् १७७६ मा दास मालिकहरूले लेखेको स्वतन्त्रताको घोषणापत्रलाई एक मुक्तिदाताले पुनव्र्याख्या गरे पनि यसमा अझै सुधार ल्याउनुपर्ने देखिन्छ । 
(विल्किन्सन अमेरिकी राजनीतिमाथि टिप्पणी गर्ने ब्लुमबर्गका स्तम्भकार हुन्)  लाइभ मिन्टबाट
 

ad
ad