नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक करिब साढे ५ बजेतिर सञ्चालनमा आएको हो।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएकाे हो। पहिरो पन्छाए पनि समय समयमा ढुंगा खसिरहेकाले यात्रा गर्दा सजगता अपनाउन आग्रह गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द थियाे।