बिहीबार दिउँसो पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु हुन सकेको छैन । पहिरोका कारण पृथ्वी राजमार्गमा सवारीको लाम लागेको छ भने हजारौं यात्रु अलपत्र परेका छन्।
गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम लागेको छ। अलपत्र परेका यात्रुहरू पहिरो खुल्ने प्रतिक्षामा सडकमै बसिरहेका छन्। चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द छ।