Skip This
ad
काेसीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासकाे मत, एमालेले गुमायाे सबै प्रदेशकाे नेतृत्व 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गणेश लम्साल काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

काेसीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासकाे मत, एमालेले गुमायाे सबै प्रदेशकाे नेतृत्व 

Read Time : < 1 मिनेट
गणेश लम्साल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:४३:oo

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। 

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियाे। आजको बैठकमा ८९ सांसद मात्र उपस्थित थिए। विश्वासको मतको पक्षमा ४६ मत खस्दा विपक्षमा ४३ मत परेको थियाे। जसपाका सांसद तटस्थ बस्ने घाेषणा गरे पनि तटस्थमा शून्य मत परेकाे सभामुख बाबुराम गौतमले जानकारी दिए।

संविधानको धारा १८८ को उपधारा(३) बमोजिम विश्वासको मतका लागि प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत आवश्यक पर्छ। 

मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत मागेका थिए। उनले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि हिजोको बैठक आजलाई सारिएको थियो। 

योसँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ। एमाले नेता कार्की गत पुस २४ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माओवादी र एकीकृत समाजवादी सत्ताबाट बाहिरिएसँगै कार्की अल्पमतमा परेका थिए।

कोसी प्रदेश सभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश मुख्यमन्त्री कार्कीको पक्षमा थिए। प्रदेशमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका चार र जसपाको एक सांसद छन्।

ad
ad