१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मल अभाव छैन, प्रतिशोधका लागि विगतका फोटा देखाएर प्रचार गरियो ः मन्त्री भुसाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o७:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मलको अभाव भयो भनेर राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा राखेर प्रचार गरिएको बताएका छन्।

मलको अभाव नभएको दाबी गर्दै उनले केही ठाउँमा मल वितरणमा बदमासी भएकाले छानबिन गरी कारबाही गर्ने चेतावनी दिए। शुक्रबार खुमलटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी हुँदै उनले अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात रहेको उल्लेख गरे।

‘दाबीका साथ भन्छु– अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ,’ भुसालले भने।

मन्त्री भुसालले केही वर्ष पहिले खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए। यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भए पनि बजेट विनियोजन गरेको उनको भनाइ छ। बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको मन्त्रीको आरोप छ।

ad
ad