मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १२ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o असार १२ मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिदभूमि गाउँँपालिकाले ल्यायो ४५ करोड ६९ लाखको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १२ मंगलबार १६:३२:oo

धनकुटाको सहिदभूमि गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ४५ करोड ६९ लाखबराबरको बजेट प्रस्तुत गरेको छ।

पालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा पालिका उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। चालूतर्फ ६ करोड ५४ लाख ७७ हजार दुई सय रुपैयाँको अनुमानित बजेट छुट्याइएको छ।

त्यस्तै शिक्षा, युवा तथा खेलकुद शाखातर्फ एक करोड ६२ लाख ५० हजार, वडातर्फ एक करोड ६२ लाख ५० हजार, सडकतर्फ एक करोड ४५ लाख, संघीय ससर्त, विशेष र समपूरक अनुदान सञ्चालित योजनामा २३ करोड ३७ लाख १८ हजार, प्रदेश ससर्त र समपूरक अनुदानबाट सञ्चालित योजनामा एक करोड ८८ लाख ८६ हजार छुट्याइएको छ।

यसैगरी, ह्युमन प्राक्टिससँगको साझेदारीमा विद्यालय पूर्वाधार निमार्णका लागि एक करोड ७९ लाख ५४ हजार चार सय २६ रुपैयाँ विनियोजन गरिएको छ।

पालिकाको वित्तीय समानीकरण अनुदान आठ करोड ५४ लाख, संघ सरकारबाट राजस्व बाँडफाँट सात करोड ६३ लाख ८७ हजार दुई सय, प्रदेश सरकारबाट सवारी करको बाँडफाँट २५ लाख तीन हजार, आन्तरिक राजस्व ७० लाख तथा ससर्त अनुदानबाट २२ करोड १४ लाख १८ हजार आम्दानी गर्ने अनुमान गरिएको छ।