१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० असार ११ सोमबार १३:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेँसीसहर नगरपालिकाले ल्यायो झन्डै ७७ करोडको बजेट

Read Time : > 1 मिनेट
२०८० असार ११ सोमबार १३:२०:००

लमजुङको सदरमुकाम रहेको बेँसीसहर नगरपालिकाले अगामी आर्थिक वर्ष ०८०/८१ का लागि झन्डै ७७ करोड रुपैयाँबराबरको बजेट ल्याएको छ। आइतबार भएको दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख पद्मा गुरुङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ७६ करोड ७२ लाख ६० हजारको बजेट प्रस्तुत गरकी हुन्।

नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, स्वरोजगारलगायतलाई समेटेर उपप्रमुख गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।  बजेट भने नीति तथा कार्यक्रमअनुसार नगरसभामा छलफल गरी असार २५ गते पास गरिने नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

बजेटमा चालूतर्फ ४५ करोड ३३ लाख र पुँजीगततर्फ ३१ करोड ३९ लाख ६० हजार छुट्याइएको छ। संघीय र प्रदेश समानीकरण अनुदानबाट १५ करोड ११ हजार, संघीय र प्रदेश राजस्वबाट १२ करोड ५४ लाख १३ हजार, आन्तरिक आय र स्थानीय राजस्वबाट ११ करोड २६ लाख ३६ हजार, संघीय र प्रदेश ससर्ततर्फ ३१ करोड ७७ लाख, संघीय र प्रदेश समपूरक विशेषतर्फ  तीन करोड ५० लाख र अन्यतर्फ कुल दुई करोड ६५ लाख अनुमानित बजेट रहेको छ।

प्रस्तावित बजेटअनुसार आर्थिक विकासतर्फ ६ करोड ५५ लाख, सामाजिक विकासतर्फ ३५ करोड ११ लाख, भौतिक पूर्वाधार विकासतर्फ १८ करोड ३३ लाख ६० हजार बजेट प्रस्ताव गरेको छ । वातावरण तथा विपत् व्यवस्थापनतर्फ एक करोड ४० लाख र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ १५ करोड गरी ७६ करोड ७२ लाख ६० हजार रुपैयाँबराबरको अनुमानित बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख पद्मा गुरुङले बताइन्।

चालू आर्थिक वर्षको स्वीकृत बजेटभन्दा आगामी आर्थिक वर्षमा ८० लाख ४३ हजार कम बजेट प्रस्ताव गरिएको छ । चालूतर्फ आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट तीन करोड ४० लाख वृद्धि भएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए। पुँजीगततर्फ चार करोड २० लाख ४३ हजारले न्यून रहेको छ।