१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विभिन्न विद्यालयलाई सनराइज बैंकले दियो प्याड एटिएम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२३:oo

सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरूको सशक्तीकरणका लागि विद्यालयमा अध्ययनरत छात्राहरू तथा कार्यरत महिलालाई लक्षित गरी स्यानिटरी प्याड भेन्डिङ मेसिन (प्याड एटिएम) प्रदान गरेको छ । विद्यालयमा व्यवस्थित शौचालय र स्यानिटरी प्याडको व्यवस्था नहुँदा छात्राहरू विद्यालय नजाने वातावरण सिर्जना नहोस् भन्ने उद्येश्यले बैंकले प्याड एटिएम प्रदान गरेको हो । 

बैंकले काठमाडौंको शान्ति विद्यागृह माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बैंकका सहायक महाप्रबन्धक हरिप्रसाद आचार्यले प्याड एटिएम हस्तान्तरण गरेको जनाइएको छ । त्यस्तै, ललितपुरको महेन्द्र भृकुटी माध्यमिक विद्यालयलाई पनि मेसिन हस्तान्तरण गरेको जनाएको छ । हालसम्म बैंकले मोलुङ, किन्जा, डुम्रे, देउराली, बाग्लुङ, वालिङ, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगरलगायतका ठाउँमा प्याड एटिएम हस्तान्तरण गरिसकेको जनाएको छ । 

यो सहयोगले एउटा सिक्का हाल्दा एउटा प्याड आउने ब्याट्री ब्याकअपसहितको उक्त मेसिनले छात्राहरू तथा विद्यालयमा कार्यरत महिलाहरूलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरण बनेको बैंकले बताएको छ । 
 

ad
ad