१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारीले गर्‍यो चुमनुब्रीमा सामाजिक सुरक्षा भत्ता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४४:oo

कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले ग्राहकको सेवा–सुविधालाई ध्यानमा राखी सडकको पहुँच नपुगेका ठाउँमा भौतिक सहयोग पु‍र्‍याउने उद्देश्यसहित हेलिकोप्टर चार्टर गरी भत्ता वितरण गरेको बताएको छ ।

विकट गोरखा चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो पहुँच नपुग्दा सुरक्षा भत्ता लिन दुईदेखि तीन दिनको बाटो हिँड्नुपर्ने बाध्यता रहेको बैंकले जनाएको छ ।

बैंकले चुमनुब्री गाउँपालिकाका ग्राहकलाई लक्षित गरी थप सेवा–सुविधा पु‍र्‍याउने कार्यलाई निरन्तरता दिने बताएको छ ।हाल बैंकले देशभर तीन सय दुई शाखा, ४८ एक्सटेन्सन काउन्टर, दुई सय ९६ एटिएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

ad
ad