१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ४ सोमबार
  • Saturday, 06 July, 2024
२o८o असार ४ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चितवन प्रहरीको हिरासतमा रहेकालाई महासंघले दियो पुस्तक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ४ सोमबार १२:३७:oo

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले जिल्ला प्रहरी कार्यालय भरतपुरको हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराएको छ।

सोमबार बिहान चितवन शाखा अध्यक्ष परमेश आचार्यले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई पुस्तक उपलब्ध गराएका हुन्। व्यावसायिक उत्तरदायित्वअन्तर्गत रहेर चितवनका पुस्तक व्यवसायीले हिरासतमा रहेका बन्दीहरूलाई लक्षित गरेर पुस्तक उपलब्ध गराएकोमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले खुसी व्यक्त गरे।

हिरासतमा रहेका बन्दीलाई पुस्तक, पत्रपत्रिका दिइनु राम्रो पक्ष भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष किरणकुमार खनालले हिरासतमा रहेका बन्दीहरूको आनीबानीमा सुधार आओस् र हिरासतमा बसुन्जेल समय व्यवस्थापनमा सहजीकरण होस् भनेर पुस्तक उपलब्ध गराइएको बताए।

जिल्ला अध्यक्ष परमेश आचार्यका अनुसार हिरासतमा पुस्तक कार्यक्रम महासंघको नियमित कार्यक्रम हो। जीवनाेपयोगी, धर्म, इतिहास, दर्शन, उपन्यास, कथालगायतका व्यावहारिक पुस्तक अहिले उपलब्ध गराइएको उनले बताए।

ad
ad
ad
ad