मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o असार १ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख घिमिरेसँग ट्युनिसियाका राजदूतको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १२:१४:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी इपी बिलेलले भेट गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान–प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवर्द्धनलगायतका विषयमा छलफल भएको छ। सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कूटनीतिक सहकार्य गरेर अगाडि बढ्न सकिने बताए।

उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरूमा सहकार्य गर्दै आइरहेको उल्लेख गरे। सभामुख घिमिरेले नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा बृहत्तर सहकार्य गर्न सकिने बताए।

नेपालमा गएको वर्ष भएको तीनवटै तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएको स्मरण गर्दै सभामुख घिमिरेले नेपालको संसद्ले ट्युनिसियालाई हेर्ने गरी संसदीय मैत्री समूह गठनको तयारी गरेको जानकारी दिए।

ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपालजस्तै आफ्नो मुलुक पनि लामो समयको गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरिन्।

ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको जानकारी दिँदै उनले संसदीय कूटनीति विस्तारमा जोड दिइन्। उनले सभामुख घिमिरेलाई आफ्नो मुलुक भ्रमणका लागि निमन्त्रणा दिएकी सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।