१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गजुरीको तुदी खोलामा मोटरेबल पुल शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:o४:oo

चेपाङ मार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ स्थित तुदी खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ। मलेखु र भण्डारा जोड्ने सडकखण्डमा पर्ने तुदी खोलामा बन्दै गरेको पुलको एक कार्यक्रमबीच बिहीबार प्रतिनिधिसभा सदस्य एवं बागमती प्रदेशका पूर्वमूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शिलान्यास गरे।

शिलान्यास गर्दै पाण्डेले पुल निर्माण सम्पन्न भएपश्चात् पुल आसपासका नागरिकको पृथ्वी राजर्मागसँग सहज पहुँच हुने बताए। ‘अब ताल्तीस्थित मलेखु खोलामा मोटरेबल पुल बनाएपछि भण्डारासम्म सहज आवतजावत हुन्छ,’ उनले भने, ‘यो सडक अन्तर्राष्ट्रिय सडक बन्दै छ। छिमेकी राष्ट्र भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्गमा कान्द्राङगढी–गल्छी–केरुङ सडकको स्तरोन्नति गरिनेछ।’

बागमती प्रदेश सरकारले आव ०७९–८० मा पुल निर्माण गर्न रकम विनियोजन गरेको थियो। ०८१ असारसम्म निर्माण सम्पन्न गर्ने गरी भद्रकाली निर्माण सेवाले चार करोड ४४ लाख ९६ हजार तीन सय ८३ रुपैयाँमा सम्झौता गरी निर्माण कार्य सुरु गरिसकेको छ।

मलेखुदेखि भण्डारासम्मको सडक स्तरोन्नतिका लागि विश्व बैंकले विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको छ। मलेखु कान्द्राङगढी २३ किलोमिटर र कान्द्राङगढीदेखि भण्डारा ४६ किलोमिटर गरी ६९ किलोमिटर रहेको छ। सुरुङ बनाएको खण्डमा १६ किलोमिटर दूरी कम हुुनेछ।

ad
ad