मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Thursday, 19 December, 2024
२o८o जेठ ३२ बिहीबार १२:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार १२:२९:oo

धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ। धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिबार मेला आयोजना गर्न लागेको हो।

नगरपालिकाले पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी–कामदार उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए। नगरमा रहेका बेरोजगार युवालाई रोजगारी उपलब्ध गराउन सहयोग पुर्‍याउँदै यस क्षेत्रका जनशक्तिलाई स्थानीय उद्योग–व्यवसाय, बैंकिङ, पर्यटन, होटेललगायत क्षेत्रमा रोजगारी उपलब्ध गराउन तथा साना, घरेलु उद्यमीलाई प्रोत्साहन गर्न मेला फलदायी हुने मेयर तामाङले बताए।
  
‘मेलामा रोजगारीको अवसर खोज्नेहरू पनि आउँछन्, कामदारको खोजी गरिरहेका रोजगारदाताहरू पनि आउँछन्, सबैको एकै ठाउँमा जमघट हुन्छ,’ उनले भने, ‘मुख्यगरी यो मेलाले काम खोज्नेलाई कामको अवसर र काम गर्ने मान्छे खोज्नेलाई कामदार तथा कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्नेछ।’

मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी पनि दिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए। उनका अनुसार मेलामा सीपमूलक तालिम दिने संस्थाहरूबारे जानकारी दिइने, रोजगारसम्बन्धी सूचना दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने र बेरोजगार व्यक्ति–रोजगारदाताहरूको तथ्यांक अद्यावधिक पनि गरिनेछ।
  
मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि रहने बताइएको छ। नगरपालिकाको प्रांगणमा हुने मेलामा १५ वटा स्टल रहनेछन् । मेला आयोजनाका लागि दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले सहयोग गर्नेछ।