१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

खानेतेलको कच्चापदार्थमा महसुल दर परिवर्तन भएको छैन : अर्थमन्त्री महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२९:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेल (तोरी, भटमास र सनफ्लावरको) दाना तथा कच्चातेलमा लाग्दै आएको भन्सार महसुल दरमा कुनै पनि परिवर्तन नगरिएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आर्थिक ऐन, २०७९ ले तोरी, भटमास र सनफ्लावरको दानामा पाँच प्रतिशत र क्रुड आयलमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेकोमा आर्थिक ऐन, २०७९ को दफा १८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति ०७९ भदाै २३ गतेको बैठकले तोरी, भटमास र सनफ्लावरको दाना र क्रुड आयल पैठारी हुँदा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट दिने गरी पटके निर्णय गरेको र यस्ता पटके छुटलाई नयाँ आर्थिक ऐनले सम्बोधन नगरेमा स्वतः खारेज हुने बताए।

सरकारको कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको फरक दर निर्धारण गर्ने नीति रहेको र सोही नीतिअनुरूप दानामा पाँच प्रतिशत, क्रुड आयलमा १० प्रतिशत र तयारी तेलमा १५ प्रतिशतको फरक भन्सार दर लाग्ने व्यवस्था रहेको डा. महतले बताए। 

निकासी गर्ने प्रयोजनले पैठारी गर्ने वस्तुमा लाग्ने महसुलबापत बैंक जमानत राखी पैठारी गर्न सक्ने व्यवस्था रहेकोले चालू आर्थिक वर्षको वैशाखसम्म करिब २१ अर्ब मूल्यबराबरको क्रुड आयल प्रस्तुत सुविधा उपभोग गरी पैठारी रहेको पनि उनले बताए। 

नेपाल सरकारले आर्थिक वर्षको बीचमा प्रस्तुत वस्तुहरूमा लाग्ने महसुलमा ९० प्रतिशत छुट दिएको कारण वैशाखसम्म करिब ६ अर्ब ९५ करोड रुपैयाँ राजस्व छुट हुन गएको पनि उनले जानकारी दिए। 

ad
ad