१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरी क्षेत्रमा सांसद विकास कोष आवश्यक नभए कार्यविधि बदलौँ : सांसद बजगाईं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १७:३o:oo

कांग्रेस सांसद राजेन्द्र बजगाईंले सहरी क्षेत्रमा सांसद विकास कोष आवश्यक नभए कार्यविधि बदलेर आवश्यक विकासमा लगाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अभिव्यक्तिलाई उठान गर्दै उनले सांसद विकास कोष कार्यकर्तालाई रकम बाँड्ने माध्ययम बन्दा बदनाम बनेकाले कार्यविधि बदल्न सकिने बताएका हुन्।

‘सांसद विकास कोष कार्यकर्तालाई रकम बाँड्ने माध्यम बन्दा बदनाम बन्यो। अहिले क्षेत्र विकास कोषमा रूपान्तरित छ। यसमा सांसदकाे तजबिजी चल्नेछैन। विकसित सहरलाई यो आवश्यक छैन भने कार्यविधि बदलेर होनहार मेयर बालेन साहलाई फोहोर रिसाइकल प्लान्ट खोल्न दिन सकिनेछ,’ उनको भनाइ थियो।

सांसद बजगाईंले  देशले राजनीतिज्ञभन्दा असल नेता खोजेको बताए। साथै उनले बुढीगण्डकी परियोजनाबाट देशको मुहार फेरिने दाबी गरे। प्रधानमन्त्रीले यसै आर्थिक वर्षबाट शिलान्यास गर्ने प्रतिबद्धता जाहेर गरेको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसासमेत गरे।