१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुटका लागि सम्झौता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:२३:oo

नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी ल्यान्डमार्क होटेल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ।

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले ल्यान्डमार्क होटेल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटेलहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटेल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। हालसम्म नबिल बैंकले दुई सय ५५ शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

ad
ad