Skip This
प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धारको संयुक्त अभ्यास [फाेटाेफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o जेठ २४ बुधबार १४:५५:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धारको संयुक्त अभ्यास [फाेटाेफिचर]

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १४:५५:oo

बागमती नदीमा प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धार संयुक्त अभ्यास सम्पन्न भएको छ। बुधबार सर्लाही, रौतहट मकवानपुर र सिन्धुलीको संगम नुनथरस्थित बागमती नदीमा मधेस प्रदेशस्तरीय जलउत्पन्न प्रकोप उद्धार संयुक्त अभ्यास सम्पन्न गरिएको हो। 

प्रदेशअन्तर्गतका तीनवटै सुरक्षा निकायले विपतकाे कृत्रिम अवस्था सिर्जना गरी पीडितहरूको उद्धार र व्यवस्थापनको नमुना क्रियाकलाप प्रदर्शन गरेका हुन्। 

अभ्यासमा सुरक्षाकर्मीहरूले बाढी तथा ढुबानमा परेका पीडितहरूको उद्धार,  मानवीय एवं भौतिक तथा मानसिक क्षतिको व्यवस्थापन, राहत वितरणलगायतका कार्यको प्रदर्शनी गरिएको हो। विपतकाे समयमा गरिने उद्धार, उनीहरूको स्वास्थ्य उपचार स्थानीय विभिन्न संयन्त्रको प्रयोगको रणनीतिक कौशलसमेत उद्धार संयुक्त अभ्यासमा समेटिएका थिए।

नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धारकहरूले बाढीमा बगेका, नदीमा बेपत्ता भएकाहरूको बोट, मोटरबोट, लिफ्टिङ, जिपलाइनलगायतको प्रविधिको प्रयोगबाट खोजी, उद्धार गरेका थिए। विपतकाे समयमा स्थानीयस्तरमा पाइने बोटल, ड्रमलगायतको सामग्रीको प्रयोगबाट पानीमा तैरिने विधिसमेत अभ्यासमा प्रदर्शन गरिएको थियो। 

अभ्यासमा सशस्त्र प्रहरीले गोताखोर अभ्याससमेत प्रदर्शन गरेका थिए। यसलाई सुरक्षाकर्मीको पूर्वतयारी अभ्यासको रूपमा समेत लिन सकिने एक सुरक्षा अधिकारीले जानकारी दिए।

अभ्यास मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। मुख्यमन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रकोपजन्य विपत् व्यवस्थापनमा विशेष ध्यान दिएको बताए। 

उनले सरकारको सुरक्षा निकायलाई आवश्यक विभिन्न उपकरण उपलब्ध गराउने योजना रहेकोसमेत जानकारी दिए। मुख्यमन्त्री यदवले मधेस प्रदेशमा विपतकाे जोखिम अत्यधिक रहेको बताए । यस प्रदेशका नागरिक गर्मीमा लु, जाडोमा शीतलहर र बर्खामा बाढी र ढुबानको जोखिममा रहने गरेको बताए।

कोसी, कमला, बागमती, बकैया नदीले यस प्रदेशमा बर्सेनि  धेरै जनधनको क्षति पुर्‍याउने गरेको स्मरण गर्दै जनधनको क्षति रोक्न बजेट व्यवस्थापनका लागि प्रदेशको गृहसचिवलाई निर्देशन दिएको जनकारी दिए। कार्यक्रमको अन्त्यमा मुख्यमन्त्री यादवले प्रदर्शनीमा राखेका उद्वारका सामग्रीको समेत अवलोकन गरे।