मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २४ बुधबार १२:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजाजको २५ वर्ष लिडरसिप योजना सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २४ बुधबार १२:०५:००

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालन गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यका साथ यो अभियान नयाँ वर्ष ०७८ को अवसरमा सुरु गरेको थियो ।

अभियानको एक हिस्साका रूपमा बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको जनाएको छ । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योरसट नगद छुट र भाग्यशाली २५ ग्राहकले एक केजी चाँदी जित्ने अवसर समावेश गरिएको उल्लेख छ ।  

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अभियान अहिलेसम्मको यात्रामा ग्राहकले वर्षौँदेखि दिएको अटल साथका लागि आभार व्यक्त गर्नुका साथै यस उत्सवलाई मनाउने एक माध्यम भएको बताए । उनले भने, ‘नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’

बजाज नेपालको भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनीको दाबी छ । त्यस्तै, यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको तथा गुणस्तरीय उत्पादन, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहकमैत्री सेवा–सुविधाप्रतिको प्रतिबद्धताजस्ता कारणले उच्चतम स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।