मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Thursday, 18 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o जेठ २३ मंगलबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार १६:o९:oo

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनकसिंह धामीले पार्टी परित्याग गरेका छन्। कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्। 

धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ३८ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय धामीले पार्टी परित्याग गरेको विषयलाई जिल्लामा अर्थपूर्ण रूपमा लिइएको छ।

१४औँ महाधिवेशनमा कांग्रेस कञ्चनपुरको पार्टी जिल्ला सचिवमा पराजित भएका धामी ०७९ वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बेलडाँडी गाउँपालिका अध्यक्षका उम्मेदवारका आकांक्षी थिए।