मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १७ बुधबार o९:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार o९:o१:oo

विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा तीन हजार र स्मार्टफोनबाहेकका अन्य मोबाइलमा दुई सय रुपैयाँ कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ ।

०८० जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइएमईआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

‘आइफोन र एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट १० हजार, अन्य स्मार्टफोनका लागि तीन हजार र स्मार्ट मोबाइल फोनसेटबाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट दुई सय रुपैयाँ कर लाग्नेछ,’ आर्थिक विधेयक २०८० मा भनिएको छ । तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई ६ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणमा निःशुल्क दर्ता हुनेछ ।