१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १६ मंगलबार
  • Friday, 09 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

अखण्ड भारत नक्सामा लुम्बिनी क्षेत्र समेटिएकोबारे संसदीय समितिमा उठ्यो प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १६ मंगलबार १२:५७:oo

भारतीय संसद्को अखण्ड भारत नक्साबारे नेपालको संसदीय समितिमा सांसदले प्रश्न उठाएका छन्। मंगलबार जारी पूर्वाधार विकास समितिको बैठकमा एमाले सांसद ठाकुर गैरेले साे विषयमा  प्रश्न उठाएका हुन्।

गैरेले भ्रमण दलका एक सदस्य ऊर्जामन्त्री शक्ति बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त विषयमा प्रस्ट हुन आग्रह गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको नयाँ संसद् भवनमा अंकित अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएको पाइएको छ ।

सो विषयमा सांसद गैरेले भने, ‘यहाँ प्रधानमन्त्रीको भारत भ्रमण दलमा सदस्य हुनुहुन्छ। भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको आएको छ। यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहेँ।’

जवाफमा मन्त्री बस्नेतले उक्त विषय सरकारको नोटिसमा रहेको जानकारी गराउँदै भ्रमणका क्रममा कुन प्रकृतिको हो बुझ्ने आश्वासन दिए।