Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १८ बिहीबार
  • Thursday, 05 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार १६:५६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गएको दुई वर्षमा पर्यटन क्षेत्रमा उल्लेख्य सुधार : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार १६:५६:००

कोभिडपछि सुस्ताएको पर्यटक आगमन पछिल्ला दुई वर्षयता सुधार हुँदै गइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

सन् २०२२ मा विभिन्न देशबाट जहाज चढेर ६ लाख १४ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या कोभिडअघि सन् २०१९ को तुलनामा ६५.१२ प्रतिशत हो । अर्थात् कोभिडले थला परेको पर्यटक आगमन सन् २०२३ मा पुरानै लयमा फर्किने संकेत देखिएको छ।

सन् २०२३ को वसन्तकालीन सिजनमा करिब पुरानै अवस्थामा फर्किएको छ। महामारीको तीन वर्षपछि पहिलोपटक मार्च र अप्रिलमा करिब एक लाख विदेशी पर्यटक भित्रिएका छन्। अप्रिलमा ९८ हजार सात सय ७३ विदेशी पर्यटक जहाज चढेर नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ।

सन् २०२३ को पहिलो चार महिनामै जहाज चढेर तीन लाख २६ हजार पाँच सय २८ पर्यटक नेपाल आएका छन् । जब कि, सन् २०२२ मा वर्षभरि ६ लाख १४ हजार पर्यटक जहाज चढेर नेपाल भित्रिएको तथ्यांक छ।

अर्थात्, यो वर्ष पर्यटकको संख्या १० लाख पुग्ने अनुमान लगाउन सकिन्छ । नेपालमा २०१९ मा हालसम्मकै धेरै करिब १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए।