Skip This
विदेशी पर्यटकबाट एक वर्षमा ४७ अर्ब रुपैयाँ संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १४ आइतबार १७:o३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

विदेशी पर्यटकबाट एक वर्षमा ४७ अर्ब रुपैयाँ संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १७:o३:oo

सन् २०२२ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट संकलन भएको विदेशी मुद्रा एक सय ९० प्रतिशतले बढेको छ। एक वर्षको अवधिमा पर्यटकबाट ४६ अर्ब ७६ करोड रुपैयाँ संकलन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ। उक्त वर्ष पर्यटकको औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ। पर्यटकको औसत बसाइ अवधि सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन रहेको थियो।

सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटक बिदा, मनोरञ्जन र यात्राको लागि आएका थिए। यस्तै, १२.९ प्रतिशत तीर्थयात्रा, १० प्रतिशत पर्वतारोहण तथा साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेको सर्वेक्षणमा उल्लेख छ।