
नेपाल विद्युत प्राधिकरणले पुनः भारततर्फ विद्युत् निर्यात सुरु गरेको छ।
शुक्रबार राति १२ बजेबाट ६०० मेगावाट आवरका दरले भारततर्फ विद्युत् निर्यात थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। यो भनेको प्रतिदिन एक सय मेगावाट हो।
वर्षा लागेसँगै नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले शुक्रबारबाट भारत निर्यात सुरु भएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए। प्राधिकरणले गत वर्षदेखि भारततर्फ विद्युत् निर्यात थालेको हो।
यो वर्ष करिब २० अर्बको विद्युत् निर्यात गर्ने सरकारको लक्ष्य छ।