मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ १३ शनिबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रकको ठक्करबाट बसका यात्रुको हात चुँडियो, उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
२०८० जेठ १३ शनिबार १३:५७:००

मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बसमा सवार यात्रुको दायाँ हात चुडिँदा मृत्यु भएको छ।

मनहरी– ९ रजैयास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार नाम र ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिँदा उनको दायाँ हात चुँडिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

बसको ड्राइभरको सिटभन्दा पछाडि बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले ती व्यक्तिको दाहिने हातको पाताभन्दा मुनिको भाग लाछेको र निधारमा समेत चोट लागेको प्रहरीले जानकारी दिएको छ।

घटनाको बारेमा थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पाठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले जानकारी दिए।