मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:०८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्याउले हटाउँछ वृद्धवृद्धामा थकान र कमजोरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:०८:००

स्याउ र ब्ल्याकबेरीजस्ता फलफूलले वृद्धवृद्धालाई कमजोर हुनबाट जोगाउन सक्ने एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार यी फलमा क्वासिटिन नामक फ्लेभनोइड्स हुन्छन्, जसले फ्रेयल्टी अर्थात् बुढेसकाल लागेपछि हुने कमजोरी तथा थकान रोक्न महŒवपूर्ण भूमिका खेल्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसियनमा यो अध्ययन प्रकाशित गरिएको छ ।

फ्लेभानोल्स र फ्रेयल्टी (कमजोरी)बीचको सम्भावित सम्बन्ध बुझ्न अनुसन्धानकर्ताहरूले १२ वर्षसम्म १७ सय एकजना मानिसको खानपान र फ्रेयल्टीको अवस्थाबारे अध्ययन गरेका थिए । अनुसन्धानअनुसार प्रत्येक दिन १० एमजी फ्लेभानोल्स सेवन गर्दा फ्रेयल्टी विकास हुनबाट २० प्रतिशतले बच्न सकिन्छ । ‘एक दिन एउटा स्याउ खाँदा डाक्टर  टाढा रहन्छन् भन्ने पुरानो भनाइ केही सत्य रहेको देखिन्छ,’ अनुसन्धानकर्ताहरूले भनेका छन् । ‘मानिसले स्याउ खाँदा शरीरलाई आवश्यक फ्लेभनोल्स पुग्छ । एउटा मध्यम आकारको स्याउमा झन्डै १० एमजी फ्लेभनोल्स हुन्छ ।’ विशेषगरी, क्वासिटिन नामक फ्लेभनोइड्सले फ्रेयल्टी भूमिका खेल्न सक्ने अध्ययनले देखाएको छ । यस्तो पदार्थ फलफूल, तरकारी, बियाँ, अन्नलगायतका खाद्यान्नमा पनि भेटिन्छ । सहलेखिका डा. शिवानी साहनी भन्छिन्, ‘क्वासिटिन फ्लेभनोइड्ससँग कमजोरी रोकथामको गहिरो सम्बन्ध रहेको देखिएको थियो । यस तथ्यांकले केही विशेष सबक्लासका फ्लेभनोइड्सहरू कमजोरी रोकथाममा प्रभावकारी हुन सक्ने देखाएको छ ।’ स्याउ, ब्लुबेरी, हरियो सागपात, प्याज, चियालगायतमा क्वासिटिनको मात्रा उच्च हुने उनले बताएकी छिन् । 

फ्रेयल्टी सिन्ड्रोम के हो ?
एज युकेका अनुसार मांसपेशीको सामथ्र्य घट्ने, थकान बढ्नेलगायत समस्यालाई सामान्यतया फ्रेयल्टी भनिन्छ । मानिसको मानसिक तथा शारीरिक जोस–जाँगर वा रोग तथा चोटसँग जुधेर फेरि पहिलेकै अवस्थामा फर्कन सक्ने उनीहरूको सामथ्र्यलाई यसले असर गरिरहेको हुन्छ । फ्रेयल भएपछि युरिनरी ट्र्याक इन्फेक्सनलगायत सामान्य स्वास्थ्य समस्याहरू देखिन्छन् । तर, मानिसको स्वास्थ्यमा यसको लामो असर रहन सक्छ । ६५ वर्ष पार गरेका झन्डै १० प्रतिशत मानिस यस्तो समस्या झेलेर बाँचिरहेका हुन्छन् । ८५ वर्षमाथिका २५ देखि ५० प्रतिशतसम्म मानिसमा यस्तो समस्या हुन सक्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।