मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्किन टोनअनुसार यस्ता लिपस्टिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ ११ बिहीबार १०:१६:००

महिलाहरू त्यही लिपस्टिक किन्छन्, जो उनीहरूलाई मन पर्छ । आफ्नो स्किन टोनमा कस्तो लिपस्टिक सुट गर्छ भनेर कमैले मात्रै ख्याल गर्छन् । स्किन टोन र लिपस्टिकसँगै तपाईंले आफ्नो आउटफिट पनि मेकअपसँग म्याच गरे/नगरेको ध्यान दिनुपर्छ ।

रातो : गोरो छालामा रोयल रेड सेडको लिपस्टिक सुहाउँछ । त्यस्तै, गहुँगोरो छालामा वाइन रेड म्याच गर्छ । 

मोव : मोटो ओठ भएकाले मोव सेड्सको लिपस्टिक खरिद गर्दा राम्रो हुन्छ । किनकि, मोव सेड चम्किलो हुन्छ । पार्टी वा विशेष कार्यक्रममा जाँदा यस्तो लिपस्टिकले सुन्दर देखाउँछ । 

सफ्ट पिंक : डार्क सेडको लिपस्टिक लगाउन मन पर्छ भने सिम्पल र सोबर लुक्सका लागि सफ्ट पिंक सेडको लिपस्टिक लगाउँदा हुन्छ । 

बेरी : नाइट पार्टी वा कुनै विशेष समारोहमा जाँदा मानिसहरू आकर्षक देखिन चाहन्छन् । पातलो ओठमा बेरी सेडको लिपस्टिक लगाउँदा महिलालाई निकै सुहाउँछ । 

गुलाबी : यदि तपाईंलाई हेभी मेकअप मन पर्दैन भने गुलाबी रङको लिपस्टिक लगाउन सक्नुहुन्छ । गुलाफी लिपस्टिकका धेरै सेड छन् । सिम्पल लुक्सका लागि लाइट रोज सेड लिपस्टिक लगाउनुस् । 

न्युड : आँखाको मेकअपमा स्मोकी लुक्स दिएर हाइलाइट गरिएका वेला ओठमा न्युड सेड लिपस्टिक राम्रो हुन्छ ।