मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १० बुधबार
  • Wednesday, 02 September, 2026
२o८o जेठ १० बुधबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १७:५४:oo

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आह्वान गरेका छन् । 

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मंगलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ। 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्तै, प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्नुभएको लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गरेका छन्। रासस