१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौैं
२o८o जेठ ५ शुक्रबार २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरीको इन्स्पेक्टर पदमा मागभन्दा कम उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार २o:४२:oo

सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा मागभन्दा कम उत्तीर्ण भएका छन् । 

शुक्रबार लोकसेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजाअनुसार कानुन उपसमूह तथा विभिन्न आरक्षणका कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन् । 

कानुन उपसमूहअन्तर्गत चारजना माग भएकोमा एकजना मात्र उत्तीर्ण भएका छन् । साधारण उपसमूहतर्फ महिलाको कोटामा ६ जना माग भएकोमा चारजना मात्र लिखित परीक्षामा सफल भएका छन् । 

त्यस्तै, मधेसीतर्फ १० जनाको कोटामा चारजना, दलिततर्फ पाँचजनाको कोटामा दुई तथा अमर–अशक्त प्रहरीका सन्तानलाई छुट्याइएको एक पदमा कोही पनि उत्तीर्ण भएका छैनन् । 

साधारण उपसमूहतर्फ खुलातर्फ भने ३८ जनाको माग भएकोमा ४७ जना उत्तीर्ण भएका छन् । आदिवासी जनजातितर्फ नाैमा नाैजना तथा पिछडिएको क्षेत्रको दुई कोटामा दुईजना सफल भएका छन् । 

सुरक्षा निकायका कतिपय भर्नामा आवेदन नै कम पर्ने र मागभन्दा लिखित परीक्षामा कम उत्तीर्ण हुने प्रवृत्ति विगतदेखि नै छ ।